पहिलो ‘राष्ट्रिय शिखर कृषक अवार्ड’ सातै प्रदेशका कृषकलाई प्रदान गरिने

appharu
0
Shares

काठमाडौं । सातै प्रदेशमा पहिलो पटक ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ हुने भएको छ । कृषिप्रधान देश नेपालमा कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित अवार्ड प्रदान गर्न लागिएको हो ।

‘शिखर नेपालको राष्ट्रिय अभियान – कृषकहरुको सम्मान’ भन्ने नारासहित आगामी भदौँ २८ गते एक भव्य समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जनालाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ बाट नगद पुरस्कारसहित अर्वाड प्रदान गर्नुहुनेछ ।

कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयता विगत एक दशकदेखि समाजिक सेवा लोकप्रिय संस्था शिखर नेपालको आयोजना सो अर्वाड प्रदान सबैको तयारी पूरा भएको शिखर नेपालका अध्यक्ष शेखर खनालले जानकारी दिनुभयो ।

सातै प्रदेश बाट उत्कृष्ट ५–५ जना कृषकहरुको नामावली यसअघि नै सार्वजनिक गरिएको थियो । एउटा प्रदेशबाट २२ देखि ४२ जना कृषकहरुको काम क्षमता, फर्म र उनीहरुको प्रगतिलाई हेरर उत्कृष्ट ५ जनाबाट पनि सर्वोकृष्ट १ जना छनोट गर्न लागेको खनालले बताउनुभयो ।

राष्ट्रिय सभा गृहमा उत्कृष्ट कृषक घोषणा कार्यक्रम गरिने समेत अध्यक्ष खनालले भनाई छ । सोही दिन ‘राष्ट्रिय शिखर अनर अवार्ड–२०७६’ बाट पनि विभिन्न १२ वटा विधामा १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

शिखर नेपालले २०६४ सालदेखि विभिन्न विधामा विभिन्न सम्मान तथा अर्वाड निरन्तर रुपमा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?