पेस्तोलसहित एक पक्राउ

काठमाडौं । सिरहाको बिष्णुपुर गाउँपालिका-४ थलाहाकट्टा बस्ने ३० वर्षीय कृष्ण यादवलाई सिक्सर पेस्तोल १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

निज यादवले पेस्तोल देखाई घरपरिवारलाई धाकधम्की दिई घरमा तोडफोड गरी भाग्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहा, ईलाका प्रहरी कार्यालय विष्णुपुर र प्रहरी चौकी बेल्हाबाट खटिएको संयुक्त टोलीले यादवलाई पेस्तोल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?