लगानीका लागि सम्पूर्ण कानुनी जटिलताको समाधान गर्छौंः मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीका लागि सबैखालका कानुनी जटिलताको सामाधान गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा बुधबार काठमाडौंमा भएको नेपाल पूर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा संघीय सरकारसँग समन्वय गर्दै सबै खालका कानुनी तथा संवैधानिक जटिलताको सामाधान गर्ने बताउनुभयो ।

कर्णालीमा जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार तथा उद्योगका क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने बताउँदै मुख्यमन्त्री शाहीले ढुक्कका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । मुनाफा र लगानी सुरक्षाको ग्यारेन्टी दिन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री शाहीले कर्णालीमा निजी क्षेत्रको लगानी भित्रिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

बहुमूल्य यार्सालगायतका जडीवुटीको भण्डारका रुपमा रहेको कर्णालीमा जडीवुटी प्रशोधन उद्योग, ग्याँस तथा धातुजन्य खनिज उद्योग, सिमेण्ट उद्योगका क्षेत्रमा पनि लगानी गर्न सकिने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?