विराटनगरमा एन आई सी एशिया बैंकले खोल्यो तीन नयाँ शाखा


प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १७:३२

काठमाडौं । बिगतका केही वर्षयता एन आई सी एशिया बैंकले आफ्नो विस्तार व्यापक गरेको छ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा एन आई सी एशिया बैंकले विराटनगरमा नयाँ तीन शाखा खोलि भाद्र २५ गतेदेखि सञ्चालनमा ल्याएको हो ।
करिब १८ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको समुद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समुद्घाटन गर्नुभयोे । त्यस्तैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको समुद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गर्नुभयो ।

यी शाखा विस्तारसँगै बैंकका आदरणीय ग्राहक महानुभावहरुले आफूलाई पायक पर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
वोमी माइक्रोफाइनान्सले एक लाख कित्ता भन्दा बढि सेयर लिलाम गर्दै

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो १ लाख कित्ता बढी सेयर

बढ्यो अण्डाको मुल्य, कति पुग्यो ?

काठमाडौं । चितवनका कुखुरापालक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मुल्य बढाएका छन्

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष

काठमाडाैं । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन

मुलुकभरका १३ विमानस्थल मात्रै नाफामा

काठमाडौं । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं