काठमाडौंमा फर्निचर तथा फर्निसिङ प्रर्दशनी सुरु


प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १७:१७

काठमाडौं । उपराष्ट्रपति पुनले बुधबार एक कार्यक्रमबीच काठमाडौंको भृकुटीमण्डलमा सुरु भएको सो प्रर्दशनीको उद्घाटन गर्नु भएको हो । ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ नाम दिइएको सो प्रर्दशनी ५ दिनसम्म चल्नेछ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ तथा नेपाल चेम्बर अफ कमर्शको संयोजनमा सुरु भएको सो प्रर्दशनीको उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष रुपेश प्रधानले नेपाल सरकारसँग फर्निचर व्यवसायमैत्री वातावरण बनाई दिन आग्रह गर्नु भयो । उहाँले सरकारले यस क्षेत्रको विकासका लागि भन्सार शुल्कमा समेत भारी छुट दिनुपर्ने बताउनु भयो ।

प्रर्दशनीमा किचन, बेडरुम, बाथरुपका साथै कार्पेट, मार्वललगायतका सामग्रीहरु राखिएका छन । स्वदेशी तथा विदेशी गरी १ सय २० वटा स्टल रहेको सो प्रर्दशनीले नेपालको फर्निचर व्यवसायको बजारीकरणका महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यासको मुल्य २५ रुपैयाँ घट्यो, हवाई इन्धनमा पनि समायोजन

काठमाण्डौं । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ

एक किलो चियाको मूल्य ३५ हजार !

इलाम-इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत

कति छ आज सुनको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य स्थिर भएको छ । सोमबार

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ‘कबड्डी कबड्डी कबड्डी’ टिमको सहयोग

काठमाण्डौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टिमले भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’लाई