खोलाले बगाउँदा एकको मृत्यु

काठमाडौं । मकवानपुरको राक्सिराङमा खोलाले बगाएर एकको मृत्यु भएको छ ।

राक्सिराङ-५, पज्जनीका ४५ वर्षीय प्रेमबहादुर मुक्तानको मृत्यु भएको हो । मृतक मुक्तानको शव बुधबार बिहान फेला परेको छ ।

बाढीका कारण वर्षायाममा मनहरी खोला हुँदै बजार आवतजावतमा सर्वसाधारणलाई समस्या हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?