काभ्रेका ३ ग्यास उद्योग बन्द गर्न निर्देशन, दुई उद्योगमा भएन अनुगमन

काभ्रे, २१ पुस । काभ्रेका तीनवटा ग्यास उद्योग बन्द गर्न नेपाल नापतौल तथा गुणस्तर विभागले निर्देशन दिएको छ शुक्रबार ग्यास उद्योगको अनुगमनका लागि गएको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएको हो बनेपा १० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग (सगर ग्यास) सूर्य ग्यास र चण्डेश्वरी ग्यास उद्योग (चण्डी ग्यास) को उत्पादन र विक्रि वितरण गर्न रोक लगाइएको विभागका निर्देशक मनोजकुमार उपाध्यायले जानकारी दिए सरकारको गुणस्तर चिन्ह (एनएस) र सरकारी मापदण्डलाई मिच्दै विग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको भेटिएको छ । ‘नेपाल गुणस्तर चिन्ह समेत छैन, कसरी सञ्चालन हुन्छन र कसरी चल्छन् अचम्म छ ?’ निर्देशक उपाध्यायले भने त्यस्तै, उता उद्योगीहरुले भने गुणस्तर चिन्ह लिने प्रक्रियामा भएको दाबी गरेका छन् । साथै सरकारी निकायले ग्यास उद्योग बन्द गर्दा नाकाबन्दी भएको बेलामा जस्तै अभाव हुने तर्क गरेका छन् सगरमाथा ग्यास उद्योगका मालिक अमृत अग्रवालले सरकारको नियमलाई मानेर नै अगाडी बढ्दा यस्तो निणर्य गरिनु दुखत् भएको बताए त्यस्तै, अनुगमनमा गएका नाप तौल तथा गुणस्तर विभागको टोलीले भने काभ्रेमै सञ्चालमा आइरहेको अन्य दुई ग्यास उद्योगमा भने अनुगमन गरेका छैन बनेपा २ नाला बजारमा रहेको उग्रचण्डी ग्यास उद्योग र बनेपा १३ भैंसीपाटीमा रहेको हिमाल ग्यास उद्योगको अनुगमन नगरि नै विभागको टोली राजधानी फर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?