सन्नी लियोनी भोली नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी भोली (बिहीबार) नेपाल आउन लागेकी हुन् ।

‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी नेपाल आउन लागेको जानकारी दिए ।
उनी दिनको २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने छिन् । सो फिल्ममा उनको आइटम डान्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?