अबको ५ वर्षभित्र कुनैपनि हालतमा निजगढ विमानस्थल बन्छः पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको दाबी गर्नुभएको छ । नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री भट्टराईले नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकैठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।

नेपालमा हवाइ यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै उहाँले निकट भविष्यमै २ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको जानकारी दिनुभयो । अबको ५ वर्षभित्र कुनैपनि हालतमा निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने उल्लेख गर्दै उहाँले यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।

अर्को प्रसंगमा मन्त्री भट्टराईले युरोपेली संघले हवाइ सेवाका लागि नेपाललाई कालोसूचीमा राखेको घटनाप्रति दुःख व्यक्त गर्दै चाँडै नै यो समस्या सुल्झने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?