विद्यालयबाट घर फर्किने क्रममा दुई बालिका बेपत्ता


प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १६:०३

काठमाडौं । एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका-१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् ।

माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले सबै ठाउँमा खोजेर नभेटृाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको खिमाका बुबा अम्मर वलीले जानकारी दिनुभयो ।

“भदौ १९ गते विद्यालयबाट घर फर्किने क्रममा बाटैबाट बेपत्ता भएछन् आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएका छौ ।” वलीले भन्नुभयो ।

घरपरिवारले खोज तलास गरिदिनका लागि वनगाड प्रहरी चौकीमा उनीहरूको हुलियासहित निवेदन आएको त्यहाँका प्रहरी इञ्चार्ज दीपक शाही ठकुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा

रुपन्देही । बर्दियाको बारबर्दिया नगरपालिकाकी देवीसरा वलीका श्रीमान् सुरेशकुमार वली बेपत्ता हुनुभएको १७

दू्रतमार्गमा काटिएका रुखको बदलामा बिरुवा रोपिए

काठमाडौं । नेपाली सेनाले काठमाडौँ तराई–मधेश दू्रतमार्ग (फास्ट ट्रयाक)मा सडक आयोजना निर्माणका क्रममा

पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध

खोटाङ । वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत्

भरतपुर महानगरपालिका वडा नं. १६ का अध्यक्षको निधन

चितवन । भरतपुर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरूङको निधन भएको