दशैँको मुखैमा घट्दै छ एलपी ग्यासको मुल्य

काठमाडौं । दैनिक उपभोग्य एलपी ग्यास अब सरकारले सहुलियत दरमा उपलब्ध गराउने भएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघको २४ औँ वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका मानिसहरुलाई प्राथमिकतामा राखेर सहुलियतमा उपलब्ध गराउन लागिएको धारणा व्यक्त गरेका हुन ।

आर्थिक रुपमा सम्पन्न उपभोक्तलाई मुल्य बढाएर भएपनि निम्न आय भएका उपभोक्ताहरुलाई सहुलियतमा उपलब्ध गराउने सरकारको तयारी रहेको छ कार्यक्रममा बोल्दै उनले भने ।

मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दावी पनि गरे ।

साथै जनताको पक्षमा काम गर्दा कानुनी जटिलता थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?