संविधान दिवसको दीपावलीलाई तहसनहस पार्छौंः लक्ष्मण थारु

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले असोज ३ गते संविधानको दीपावली तहसनसह पार्ने चेतावनी दिनुभएको छ । बुधबार रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले दीपावलीका रुपमा मनाउने संविधान दिवसका रुपमा प्रदर्शन गर्ने बताउनुभएको छ ।

‘सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई हामी तहसनहस पार्छौं ।’ उहाँले भन्नुभयो, ‘ओली सरकार अहिले देशलाई तहसनहस गराउने नियतका साथ अघि बढेको छ, तर यदि यो सरकारसँग हिम्मत र तागत छ भने आदिवासी जनजातिसँग सिधासिधि आएर लडे हुन्छ । हामी लड्न तयार छौं, ।’

संयोजक थारुले प्रधानमन्त्री केपी शर्मा ओली दमनकारी बाटोमा लागेको भन्दै सिधासिधा सरकारसँगै लड्ने समेत स्पष्ट पार्नुभयो ।

यसैबीच, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानवादी मोर्चारसमितिहरू र दलहरूसम्बद्ध जातीय घटकहरूले पनि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?