जिग्री र पाँडे नयाँ टेलिफिल्म ‘सक्किगोनि’ लिएर आउँदै

काठमाडौं । चर्चित हास्यटेलिसिरियल ‘भद्रगोल’ बाट फुटेको टीमले नयाँ टेलिसिरियल ‘सक्किगोनि’ ल्याउने भएको छ । अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ लगायतको टीमले नयाँ टेलिश्रृखलाका ‘सक्किगोनि’ ल्याउन लागेका हुन् ।

सो टिमले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउने जनाइएको छ । टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएको हो ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन पाँडे र जिग्री कै रहनेछ । ‘भद्रगोल’को ट्रेडमार्क मिडिया हबसँग भएकाले उनीहरु फरक नाम सहित आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?