२५ भाद्र २०७६, बुधबार १५:१६

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता


प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १५:१६

काठमाडौं । श्रीलङ्कामा जारी एसिसी यू-१९ एशिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

एशिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो ।

मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जीत निकालेको थियो ।

त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा दुई अङ्क जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो ।

यस समूहबाट श्रीलङ्का र बङ्गलादेशले सेमिफाइनलमा स्थान बनाएको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस
साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा

काठमाडौं । आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल

माल्दिभ्सलाई हराउँदै नेपाली टोली विजयी

काठमाडौँ । नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर

नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

काठमाडौं । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४

क्रिकेट : नेपालले गर्याे भारतविरुद्ध खराब सुरुवात

काठमाडौं । बंगलादेशमा आजबाट शुरु भएको इमेर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारतसँगको