३२ वर्षीय युवाले अमेरिका जान ८१ वर्षका वृद्धको रुपधारण गरेपछि…

काठमाडौं । भारतको गुजरातमा बस्ने एक ३२ वर्षीय युवा वृद्धको रुपधारण गरी अमेरिका जान खोज्दा पक्राउ परेका छन् ।

गुजरातका ३२ वर्षीय जयेश पटेल दिल्ली विमानस्थलबाट पक्राउ परेका हुन् । उनि ८१ वर्षका वृद्धको रुपधारण गरी ह्वीलचेयरमा बसेर विमानस्थल पुगेका थिए । तर शंका लागेपछि विमनास्थालका सुरक्षाकर्मीहरूले उनलाई रोकेर सोधपुछ गरेका थिए ।

अहमदाबादमा बस्ने उनी न्युयोर्क गएर आफ्नो जिन्दगी परिवर्तन गर्न चाहन्थे । तर भिजा नपाएपछि उनले यस्तो षड्यन्त्र रचेका हुन् ।

उनले वृद्धको गेटअप बनाएर कपाल र दाह्री सेतो रंग लगाएका थिए ।

तर विमानस्थल सुरक्षामा तैनाथ गरिएका सीआईएसएफ जवानले उनलाई चिनेपछि उनी पक्राउ परे हुन् । उनी अमरीक सिंह नाम राखेर विदेश जान लागेका थिए ।

बूढो देखिनका लागि उनले जिरो नम्बरको चश्मा पनि लगाएका थिए । अनि शंका नहोस् भनेर ह्वीलचेयरमा बसेर आएका थिए । उनलाई लामो समयसम्म सोधपुछ गरिएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?