आइफोन ११ सार्वजनिक, यस्तो छ विशेषता (मुल्यसहित)

काठमाडौं । आइफोन विश्व बजारमै एक प्रख्यात ब्राण्ड हो । त्यहि प्रख्यात बा्रण्ड आइफोनको नयाँ सिरिज आइफोन ११ सार्वजनिक भएको छ । अमेरिकी स्मार्टफोन कम्पनी एप्पलले यसलाइ विश्वव्यापी रुपमा सार्वजनिक गरेको हो ।

आइफोन एक्सआरको अपग्रेड भर्सननै आइफोन ११ को रुपमा आाएको एप्पलले जनाएको छ । साथै कम्पनीले आइफोन ११ प्रो र प्रो म्याक्स पनि सार्वजनिक गरेको छ । यो फोनलाई विशेषगरी अन्य ब्रान्डका उच्च मूल्यका स्मार्टफोनसँगको प्रतिस्पर्धामा उतार्नका लागि पेश गरेको छ ।

यसमा वाइड र टेलिफोटोका लागि लेन्स राखिएको कम्पनीले जानकारी दिएको छ । आइफोन ११ मा दुईवटा क्यामेरा रहेको र भिडियोको लागी फोरके क्वालिटीको सट लिन सकिनेछ । सोलो मोसन, टाइमल्याप्स, सिनेम्याटिक भिडियो स्टेवलाइजेशन तथा विस्तारित डाइनामिक रेन्जजस्ता फिचर्स रहेका छन् ।

यसमा थप इन्स्टाग्राम स्टाइलको भिडियो खिच्ने सुविधा पनि रहेको छ । त्यस्तै यसमा थप नाइटमोड हुने छ , जसले थोरै प्रकाश भएको ठाउँमा पनि स्पष्ट फोटो खिच्न सहयोग पुग्ने कम्पनीको दाबी छ ।

आइफोन ११ बिभिन्न ६ कलरमा उपलब्ध हुनेछन साथै एक्सआर भन्दा १ घण्टा बढि व्याट्री टिक्ने कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार ह्वाइट,ग्रिन,यलो,पर्पल,ब्ल्याक र रेडमा उपलब्ध हुने छ। यसको डस्प्ले ६.१ इन्च रहेको छ ।

शुक्रबारदेखी बुकिङ खुल्ला हुने उक्त फोनको प्रारम्भिक मुल्य ६९९ अमेरिकी डलर रहेको छ । तर यसको मुल्य आइफोन एक्स आर भन्दा बढि नरहने समेत कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?