पैसा जस्तै सुनचाँदी पनि बैंकमा जम्मा गर्न सकिने

काठमाडौं । सुन चाँदी तथा अन्य बहुमुल्य धातुहरुलाई पनि अब बैंकमा निक्षेपका रुपमा राख्न सकिने भएको छ । सरकारले आगामी असोजदेखि यस्तो व्यबस्था ल्याउन लागेको हो ।

व्यबस्थासहित नीति तथा कार्यक्रम र बजेट तयार पार्दै अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाइ पुर्णता दिनको लागी पनि यस्तो कार्ययोजना ल्याएको हो । यस कार्यक्रमअनुसार पहिलो चौमासिकसम्म यो व्यवस्थाका लागि निर्देशिका बनाउने कार्ययोजनामा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा नेपाली नागरिकले सम्पत्तिका रूपमा आर्जेको सुन र चाँदीलगायत बहूमूल्य धातु बैंकमा निक्षेपका रूपमा जम्मा गर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाअनुसार भुक्तानीकर्ताको बैंक खातामा फिर्ता रकम जम्मा हुनेछ । त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी नहुने बजेटमा उल्लेख छ ।

साथै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुने कुरा समेत उल्लेख गरिएको छ ।

सरकारले तयार गरेको बजेट कार्यान्वयन कार्ययोजना अनुसार आगामी मंसिरसम्ममा उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?