जापानको मन्त्रिपरिषदमा हेरफेर, विदेशमन्त्रीमा मोटेगी नियुक्त

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गर्नु भएको छ ।

उहाँले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गर्नु भएको छ । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिनु भएको विज्ञहरुले निष्कर्ष निकालेका छन् ।

पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा ३८ वर्षीय शिन्जिरो कोइजुमीलाई वातावरण मन्त्रीको रुपमा नियुक्त गरिएको छ ।

शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुनुहुन्छ । उहाँ राजनीतिको वरिष्ठता क्रममा र अन्य थुप्रै क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति हुनुहुन्छ ।

आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा पु¥याउने प्रधानमन्त्री बन्नु हुनेछ । तर उहाँले २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी० नेतृत्वको चुनावमा पद छाड्ने अपेक्षा गरिएको छ ।

यसैगरी, जापानको नयाँ विदेशमन्त्रीमा तोशिमिट्सु मोटेगी नियुक्त हुनु भएको छ । उहाँलाई संयुक्तराज्य अमेरिकासँगको व्यापार सम्झौतामा गरेको कामको इनामका रुपमा पदोन्नति गरेको बताइएको छ ।

निवर्तमान विदेशमन्त्री तारो कोनोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । दक्षिण कोरियासँगको सम्बन्धमा आएको तिक्तताबीच उहाँलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुले जापानको कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन नआउने संकेत गरेको छ ।

कोनो सामाजिक सञ्जालमा आमजनतासँग जोडिन रुचाउने व्यक्तिमा गनिनुहुन्छ । विदेशमन्त्री ६३ वर्षीय मोटेगी राजनीति र कुटनीतिमा निकै अनुभवी मानिनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?