काठमाडौंमा ७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, एक जना पक्राउ

काठमाडौं । काठमाडौंमा एक बालिकामाथि यौन दुर्व्यवहार भएको छ । यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–३ जितपुर फेदी बस्ने अछाम घर भएका दान बहादुर शाही रहेका छन् ।

शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । उनले नुवाकोट घर भएकी ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ ।
शाहीले बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?