अंगीकृत नागरिकका सन्तानलाई ७ पुस्तापछि मात्र वंशज नागरिकता दिन माग !

काठमाडौं । सांसद झपट रावलले अंगीकृत नागरिकको सन्तानलाई ३ देखि ७ पुस्ता बसोबास गरेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रस्ताव गर्नुभएको छ । बुधबार राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफलका क्रममा उहाँले वैवाहिक अंगीकृत नागरिकता भने नेपालमा विवाह गरेर आएको १० देखि १५ वर्षपछिमात्रै दिनुपर्नेमा जोड दिनुभयो ।

‘वैवाहित अंगीकृत नागरिकता विवाह गरेर आएको र नेपालमा लगातार १० देखि १५ वर्ष बसेकालाई मात्रै दिनुपर्छ र अंगीकृत नागरिकका सन्तानलाई ५ देखि ७ पुस्ता नेपालै बसेपछि मात्रै वंशजको नागरिकता दिनुपर्ने प्रवधान राख्नुपर्छ’ उहाँले भन्नुभयो ।

त्यस्तै सांसद प्रेम सुवालले पनि अंगीकृत नागरिकता लिनेको सन्तानलाई अंगीकृत नागरिकता नै दिनुपर्ने र १५ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?