भारतले सीमा मिच्यो, सुरक्षाका लागि सेना राखौंः पम्फा भूसाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले खुला सीमा बन्द गर्नु पर्ने प्रस्ताव गर्नुभएको छ । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले सुरक्षाका लागि खुला सीमा बन्द गरी आवागमनमा निगरानी गर्नु पर्नेमा जोड दिनुभयो ।

‘बोर्डर बन्द गर्नुपर्छ, आवागमनमा निगरानी गर्नुपर्छ । नाका निश्चित गरौं । अहिले नै भिसाको व्यवस्था गर्न गाह्रो हुन सक्छ,’ उहाँले भन्नुभयो, ‘सामान्य आफ्नो परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाउन तर खुला बोर्डर बन्द गर्नु पर्छ ।’

भारतीय सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव गर्नुभयो । ‘नेपाली सेनालाई बोर्डर नजिक राखौं, ठेक्का अरुलाई दिए पनि हुन्छ,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?