भारतमा कार्ड नचलेर अफ्ठयारोमा परेका नेपालीलाई राष्ट्र बैंकले भुक्तानी दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतमा रहेका नेपालीहरुलाई कार्ड नचलेर अफ्टयारो परेमा सहयोग गर्ने भएको छ ।

चिँनिया ह्याकरहरुले बैंकको सिस्टम ह्याक गरि एटिएम बुथबाट पैसा निकालेको घटनापछि राष्ट्र बैंकले अन्तर बैंकिङ कारोबार साथै भारतमा कार्डबाट हुने भुक्तानी समेत रोकेको थियो ।

बिभिन्न कामका शिलशिलामा भारतमा रहेका नेपालीहरुलाइ राष्ट्र बैंकले समन्वय गरि सहयोग गर्ने जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, नेपालमा रहेका परिवारको कुुनै सदस्यले हामीलाई सम्पर्क गर्नु भयो भने हामी भारतमा रहेका ब्यक्तिलाई भुक्तानी उपलब्ध गराउँछौ ।

साथै नेपाल राष्ट्र बैंकले आगामी तीनदिन भित्र सेवा सुचारु गर्ने र सेवा सुचारु नहुने बेला सम्मका लागी भारतमा भुक्तानी दिन लागेको समेत जनाएको छ ।

भुक्तानी सेवा लिनका लागी राष्ट्र बैंकका प्रवक्ता निरौलाको फोन नम्बर ९८५१२१०९१९ मा सम्पर्क गरेमा २४ घण्टाभित्र भुक्तानी दिइने समेत प्रवक्ता निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?