मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग, पर्सा शाखामा सदस्य रहनुभएका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. मनमाया मगरको छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष टिकादत्त ईटनि, बैंकको पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख श्री सुभाष गिरीले संयुक्त रुपमा एक लाख त्रिचालिस हजार सात सय चौरासी रुपैंया बराबरको चेक हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?