मानवसेवा आश्रमलाई नेपाल प्रहरीको आर्थिक सहयोग

काठमाडौं । नेपाल प्रहरीले मानव सेवा आश्रमलाई ३० हजार सहयोग गरेको छ ।

नेपाल प्रहरीको प्रहरी निरीक्षक १५५ औँ समूहले प्रहरी अधिकृत सेवाको नौ वर्ष पुरा गरी १० वर्ष पूरा गरेको अवसरमा मङ्गलबार साँझ मानवसेवा आश्रम सामाखुशीलाई उक्त सहयोग गरेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले मानवसेवा आश्रम सामाखुशीका सञ्चालक सन्तोषी थापामगरलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा वृत्त प्रमुख लम्सालले वृद्धवृद्धालाई सबैले आदर र सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । आगामी दिनमा पनि नेपाल प्रहरीले वृद्ध, वृद्धालाई निरन्तर सहयोग गर्दै जाने उहाँको भनाइ थियो ।

आश्रमका सञ्चालक थापामगरले सामाजिक काममा अनवरत लाग्ने नेपाल प्रहरीले वृद्ध बा, आमालाई सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो ।

नेपालका विभिन्न १५ जिल्लामा सञ्चालन गरिएको आश्रममा हालसम्म ८०० भन्दा बढीले आश्रय लिइसकेका छन् । विसं २०८२ सम्म खुला आकाशमुनि कोही पनि व्यक्ति बस्न नपरोस् भन्ने उद्देश्य आश्रमले लिएको उहाँको भनाइ थियो ।

के हो त मानवसेवा आश्रम हेनुहोस भिडियोसहित :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?