बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ


प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार ११:२२

काठमाडौं । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

“सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ ।

सव-इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सेनाको हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या, १५ दिनपछि सेफ्टी ट्याकींमा भेटियो शव

नवलपरासी । श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा

मनसुन लम्बिने: अझै वर्षाको सम्भावना

काठमाडौं । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा

एकाबिहानै गोरखा केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौं | गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ ।

परपुरुषसँग मिलेर श्रीमानको हत्या, सेफ्टीट्याङ्कीमा भेटियो शव !

काठमाडौं | श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा