प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर निकालियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको छ ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटको जाँच गराउनुभएको हो ।

सिंगापुरमा उहाँको मुटुमा क्याथेटर राखिएको थियो । सोहि क्याथेटर निकाल्न उहाँ शिक्षण पुग्नुभएको हो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले क्याथेटर निकालिदिएका हुन् ।

क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएको डाक्टरहरुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?