ग्रिजम्यान पेनाल्टीमा चुके पनि फ्रान्सको सहज जित

एजेन्सी । युरो कप छनोट अन्तर्गतको खेलमा फ्रान्सले एन्डोरालाई ३-० गोल अन्तरले हराएको छ । सोमबार राति भएको समुह एचको खेलमा फ्रान्सले एन्डोरालाई हराएको हो ।

खेलमा फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजम्यान पुनस् पेनाल्टीमा चुकेका थिए । उनी अघिल्लो खेलमा पनि पेनाल्टीमै गोल गर्न चुकेका थिए ।

तस्वीर गूगल

किंग्सले कोमनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्रिजम्यानको क्रसलाई सदुपयोग गर्दै बार्सिलोनाका सहकर्मी क्लेमेन्ट लेङ्लेटले ५२ औ मिनेटमा फ्रान्सको अग्रता दोब्बर पारे ।

विसम बेय येडरले खेलको ईन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए ।

फ्रान्स ६ खेलबाट १५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको टर्कीको समेत समान १५ अंक छ ।

एन्डोरा अंक विहिन हुदै तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?