नबिल बैंक सहित अन्य पाँच बैंक तथा वित्तिय संस्थाले माग्यो कर्मचारी

काठमाडौं । नबिल बैंक सहित अन्य ५ बैंक तथा वित्तिय संस्थाले बिभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कर्मचारी माग गर्नेहरुमा देबः विकास बैंक, कामना सेवा विकास बैंक, सानिमा बैंक, नेपाल एसबिआइ मर्चेन्ट बैंंकिङ तथा राष्ट्रिय सहकारी बैंक रहेका छन ।

नबिल बैंकले बिभिन्न पदहरुमा ६० कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीमा १० र ट्रेनीमा ५० जना कर्मचारी माग गरेको छ । म्यानेजमेन्ट ट्रेनीका लागि ब्यवस्थापनमा स्नातकोत्तर चाहिन्छ । एसिस्टेन्टका लागि स्नातक भए पुग्छ। यसका लागि मेरो जबबाट आवेदन दिन सकिन्छ ।

यसैगरी कामना सेवा विकास बैंकले पनि जुनियर अफिसरदेखि सिनियर असिस्टेन्टसम्मका कर्मचारी माग गरेको छ । यि पदहरुमा आवेदन दिन अनुभव पनि आवश्यक पर्छ । आवेदन सिधै बैंकको वेवसाइटबाट दिनु पर्छ ।

यसैगरी राष्ट्रिय सहकारी बैंकले पनि विभिन्न तहमा ८९ जना कर्मचारी माग गरेको छ । बैंकले कनिष्ट सहायकदेखि सहायक अधिकृतसम्म माग गरेको छ । सुचना प्रविधिमा पनि कर्मचारी माग गरेको छ । प्लस टुदेखि स्नातकोत्तर उत्तिर्णसम्मले आवेदन दिन पाउने छन् । आवेदन कम्पनीको वेवसाइटमार्फत दिन सकिन्छ ।

यसैगरी देबः विकास बैंकले अधिकृत, सुपरभाइजर, एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट लगाएत पदहरुमा कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेकाहरुले मेरोजबबाट आवेदन दिन सकिनेछ । साथै प्लस टुदेखि स्नातकसम्म उत्तिर्णहरुले आवेदन दिन पाउने छन् ।

सानिमा बैंकले रिलेसनसिप अफिसररम्यानेजर माग र यसका लागि स्नातक उत्तिर्ण भएको हुनु पर्ने छ । नेपाल एसबिआइ मर्चेन्ट बैंकिङले पनि सिनियर अफिसर तहको कर्मचारी माग गरेको छ । यसका लागि अर्थशास्त्र, सिए वा एमबिए वा एमबिएस गरेको हुनु पर्छ ।

आवेदन कम्पनीमा नै आएर दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?