रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको शानदार जित

एजेन्सी । युरो कप छनोटमा पोर्चुगलले शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा पोर्चुगलले लुथानियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा लुथानियका लागि आन्द्रेयुसकेविसियसले बराबरी गोल फर्काए । ६१ औ मिनेटमा रोनाल्डोले पुन पोर्चुगललाई अग्रता दिलाए । त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।

७६ औ मिनेटमा उनले पोर्चुगललाई ४-१ को अग्रता दिलाए । दोस्रो हाफको ईन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चगललाई फराकिलो जित दिलाए ।

रोनाल्डोले पोर्चुगलबाट ९३ अन्तराष्ट्रिय गोल पुरा गरेका छन् । ३४ बर्षका रोनाल्डोले आठ अन्तराष्ट्रिय ह्याट्रिक पुरा गरेका छन् ।

समुह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । समुहमा एक अंक जोडेको लिथुनिया तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?