नेकपामा विवादै विवाद

appharu
0
Shares

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ। नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुुमार नेपाल, नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापाले छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो।

नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी टिप्पणी गर्न थालेपछि पछिल्लो सचिवालय बैठकले सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने निर्णयसमेत गर्नुपरेको थियो। ५ भदौमा पार्टी अध्यक्ष ओली उपचार गर्न सिंगापुर जाने क्रममा ओली नेपालबीच भएको विवादको विषय बाहिर आएसँगै केन्द्रीय नेताहरू नै पक्ष–विपक्षमा उत्रिन थालेपछि सचिवालयको पछिल्लो बैठकले त्यस्तो निर्णय गर्दै आन्तरिक सर्कुलरसमेत पठाएको थियो।

स्थायी कमिटीदेखि केन्द्रीय सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटी तथा अन्य विभागीय प्रमुखसमेत ओली, दाहाल, नेपाल, श्रेष्ठ र थापा समूहमा विभाजित भएका छन्। गुटको समीकरण नमिल्दा पछिल्लो तीन सातायता ओली नेपालको बोलचालसमेत बन्द भएको छ। सचिवलाय बैठकमा अझै भागबन्डा नमिल्दा केन्द्रीय आयोगका प्रमुख तोकिएका छैनन् भने प्रवास कमिटी पनि बन्न सकेको छैन। त्यसैगरी जेष्ठ कम्युनिस्ट मञ्च पनि गठन हुन सकेको छैन। युवा संघ नेपालको केन्द्रीय सदस्य तोकिएका छैनन् भने प्रेस संगठन नेपालको पनि भागबन्डा मिलेको छैन। त्यसैगरी, प्रदेश ७ को सम्पर्क कमिटी र सम्पर्क मञ्च पनि बन्न सकेको छैन। गुटकै समीकरण नमिल्दा काठमाडांै जिल्लाले आफ्नो तहगत कमिटी बनाउन सकेको छैन। नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?