बैंक वित्तीय संस्थाले आईटी अडिट गर्नुपर्ने

appharu
0
Shares
तस्वीरः गुगल

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना प्रविधि (आईटी) अडिट गर्न निर्देशन दिएको छ । कारोबार दैनिकमा खबर छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने सूचना प्रविधिको सुरक्षाको विषयमा प्रश्न उठेपछि राष्ट्र बैंकले अडिट गर्न भनेको हो ।
केन्द्रीय बैंक प्रविधि प्रयोगमा विशेष सतर्कता अपनाउनका तयसको सुरक्षा अडिट गर्न बैंक तथा वित्तीय संस्थाहरूलार्ई निर्देशन दिएको हो ।

विभिन्न किसिमका साबइर आक्रमण, भाइरस लगायतका विधिबाट हुने डाटा चुहावट र चोरी नियन्त्रण गर्न गुणस्तरीय प्रविधि प्रयोग गर्न तथा त्यसको अडिट गर्न अनिवार्य रहेको केन्द्रीय बैंकले जनाएको छ । चिनियाँ ह्याकरहरूले नेपाली बैंकको एटिएम प्रणाली ह्याक गरेर पैसा चोरेपछि केन्द्रीय बैंकले बैंकहरूलार्ई प्रविधिको सुरक्षाको पाटोमा थप ध्यान दिन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?