बिहेको ७ वर्षपछि मात्र नागरिकता !


प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार ०८:०३

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयकका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो ।
विवादित विषयमा सहमति जुटाउन बनाइएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचीमा राखिएको छ । समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ ।

नागरिकता विधेयक संसद्मा पेस भएर समितिमा आएको एक वर्ष कटिसक्दा पनि सहमति जुट्न सकेको छैन । समितिमा सांसदहरूले देखाएको आआफ्ना अडान उपसमितिमा पनि कायम राखेपछि त्यस विषयमा सहमति जुट्न नसकेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
सार्वजनिक कार्यक्रममा देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई

खाडी मुलुक जान थाले डाक्टर

विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत

शान्ति सेना थप्न नेपाल तयार

यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति

नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ ।