एटीएम नचल्दा सेवाग्राही मर्कामा


प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार ०७:१९

काठमाडौं।नेपालका विभिन्न बैंकको एटीएम सेवामा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन्।

नेपाललगायत बाहिरी देशका विभिन्न स्थानमा रहेका एटीएममा समस्या आउँदा देशभित्र र बाहिर रहेका सेवाग्राही समस्यामा परेका हुन्।

गत भदौ १४ गते शनिबार चिनियाँह्याकरहरूले नेपाल तथा भारतका विभिन्न बैंकको एटीएमबाट रकम चोरी गरेका थिए।

त्यसपछि असुरक्षित भएको तथा अनुसन्धानका लागि भन्दै नेपाल राष्ट्र बैंकले आकस्मिकरूपमा सबै एटीएम सेवा सञ्चालन रोकेको थियो।

केही समयपछि केही बैंकको एटीएममा समस्या नआए पनि लुटिएका बैंकहरूको एटीएममा अवरोध जारी नै रह्यो। नेपालबाट प्रभु, नबिल तथा हिमालयन बैंकबाट रकम लुटिएको थियो।

यी बैंकबाट रकम लुटिएसँगै अवरुद्ध बनेका एटीएम सेवा अझैसम्म सञ्चालनमा नआउँदा सेवाग्राही मर्कामा परेका छन्। नेपाल समाचारपत्रमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
सार्वजनिक कार्यक्रममा देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई

खाडी मुलुक जान थाले डाक्टर

विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत

शान्ति सेना थप्न नेपाल तयार

यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति

नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ ।