असोजदेखि सुनचाँदीलाई निक्षेपको मान्यता


प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार ०७:१५

काठमाडौं – सरकारले आगामी असोजदेखि सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा बैंकमा जम्मा गर्न पाउने व्यवस्था गर्ने भएको छ। अर्थ मन्त्रालयले यस्तो व्यवस्थासहित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कार्ययोजना तयार पारेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई मूर्तरूप दिन कार्ययोजना बनाइएको हो।

यस कार्यक्रमअनुसार पहिलो चौमासिकसम्म यो व्यवस्थाका लागि निर्देशिका बनाउने कार्ययोजनामा उल्लेख छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने उल्लेख छ। आर्थिक वर्ष २०७६/७७ को बजेटमा नेपाली नागरिकले सम्पत्तिका रूपमा आर्जेको सुन र चाँदीलगायत बहूमूल्य धातु बैंकमा निक्षेपका रूपमा जम्मा गर्ने व्यवस्था गरेको छ। अन्नपूर्ण पोस्टले याे खबर छापेकाे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
सार्वजनिक कार्यक्रममा देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई

खाडी मुलुक जान थाले डाक्टर

विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत

शान्ति सेना थप्न नेपाल तयार

यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति

नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ ।