‘बैरागी काइला’ सम्मानित

appharu
0
Shares

काठमाडौं । वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’लाई यस वर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले मंगलबार काठमाण्डौंमा एक कार्यक्रमको आयोजनामा १ लाख १ हजार रुपैयाँ राशिसहितको उक्त सम्मान उनलाई प्रदान गरेको हो ।

यसैगरी ५१ हजार रुपैयाँ राशिको ‘बिपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं सङ्घर्षमा महत्वपूर्ण योगदान पु¥याउने सप्तरीका मधुकान्त सिंहलाई प्रदान गरिएकोे छ । दुवै सम्मान नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदान गरेको छ ।

कार्यक्रममा काङ्ग्रेस नेता कोइरालाले बिपी बहुआयामिक, चलायमान र दूरदर्शी नेता भएको बताउँदै बिपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न का‌ंग्रेस खरोरुपमा उत्रनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?