युएईविरुद्ध नेपालको सान्त्वना जित, युएई १६० रनले पराजित


प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १७:००

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । मंगलबार भएको खेलमा युएईलाई १६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित निकालेको हो । एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा नेपालले दिएको १८६ रनको फराकिलो लक्ष्य पछ्याएको युएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १२५ रनमा समेटियो ।

नेपाली बलर चम्किएको खेलमा युएईका लागि भ्रितय अर्भिन्दले सर्वाधिक २८ रन जोड्नुभयो । यस्तै अलिसान सराफुले २१ तथा ओसामा हसनले १६ रन बनाउनुभयो ।

युएईलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ३ विकेट लिनुभयो । यस्तै राशिद खान, सुर्य तामाङ र पवन सरार्फले २-२ विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाउनुभयो । त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन तथा कुशल मल्लले २२ रन जोड्नुभयो ।

युएईका आकाश ताहिर र सन्चित शर्माले ३–३ विकेट लिनुभयो ।

जितसँगै समूह ’बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोड्यो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । तीनै खेल गुमाएको युएई भने तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रकाश दाहाल स्मृति भलिबल कपको उपाधि पुलिसलाई

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो संस्करणको ’प्रकाश दाहाल स्मृति प्रगतिशिल

लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष हुँदैन : मन्त्री पण्डित

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार

‘प्रधानमन्त्रीज्यू, विद्यार्थी लुट्ने मेडिकल माफियाप्रति तपाईं किन मौन ?’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबाहीको माग राख्दै माइतीघर

संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइयो

काठमाडौं | युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको