दशैँ तिहारको अवसरमा वल्र्ड लिङ्कले ल्यायो यस्तो अफर

काठमाडौं । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनस् लिमिटेडले दशैँ र तिहारको उपलक्ष्यमा ग्राहकहरुका लागी नयाँ अफर ल्याएको छ ।

कुनैपनि ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँमा पाउने स्किम कम्पनीले ल्याएको छ ।

१, ३ , ६ र १२ समयावधीको प्लानमा ल्याइएको यस्तो अफ २५,४० र ६० एमबीपीएस क्षमताका इन्टरनेटमा उपलब्ध हुनेछ । यसको अतिरिक्त वल्र्ड लिंकले ग्राहक वर्गमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ ।

सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २५० नगद ब्यालेन्स प्राप्त गर्न सक्ने छन् ।

साथै ग्राहकहरुले यस्तो अफरको भरपुर उपयोग गर्नेमा आशाबादी रहेको समेत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?