इटहरीमा प्रादेशिक रंगशाला बन्छः मुख्यमन्त्री राई

सुनसरी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन सरकारले तयारी सुरु गरिसकेको बताउनुभएको छ । इटहरीमा मंगलबारबाट सुरु भएको नवौं पुष्पलाल स्मृति राष्ट्रिर्य याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले इटहरी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन यस वर्ष प्रदेश सरकारले एक करोड बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

इटहरी रंगशाला परिसरमा बिभिन्न १२ वटा खेलकुदका प्रतियोगिता गर्न सक्ने भौतिक संरचना निर्माणको क्रममा रहेकाले प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनुभयो ।
प्रदेश खेलाडी उत्पादनको उर्वरभूमि भएकाले खेलकुद क्षेत्रको बिकासका लागी यसवर्ष ४२ करोड बजेट छुट्याएको मुख्यमन्त्री राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?