दशैँलाई लक्षित गर्दै देशका ७३ स्थानमा खुल्यो सहुलियत बजार

काठमाडौं । चाडपर्व नजिक आउदा नेपालीहरुमा किनमेलको चटारो बढेसँगै चाडवाडलाइ लक्षित गर्दै सहुलियत पसलहरु खोलिएका छन ।

सोमबार आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले एकीकृत सहुलियत पसलको उद्घाटन गर्दै बजारमा व्यवस्थित गर्नुका साथै उपभोक्ता नठगिउन भनेर सुपथ पसल सञ्चालन गरेको बताए ।

काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गरिएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतका संयोजनमा साल्टट्रेडिङ्ग कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान ९डिडिसि०ले सहुलियतमा सामान उपलव्ध गराएका छन् ।

कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन गरिएको मन्त्रालयकी उपसचिव केसीले जानकारी दिइन । डिडिसिले उपत्यकामा लैनचौर, न्यूरोड र खुमलटार र एकीकृत घुम्ती सेवामार्फत घिउ, पनिर विक्रि गर्ने भएको छ ।

यस्तै उपत्यका बाहिर विराटनगर, जनकपुर–ढल्केवर, जनकपुर हैटौडा, कोहलपुर, नेपालगन्ज, अत्तरिया, धनगढी र बुटवलमा गरी ११ ठाउँमा विक्रि कक्ष राखिने छ । चाडपर्वमा बजारका बढी चहलपहल हुने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने साथै कृत्रिम अभाव कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गदै आएको छ ।

अन्य खाद्यान्न पनि बजार मूल्यकै हाराहारीमा सुपथ पसलमा राखिएको छ’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘सहुलियत दिने भनेर सरकारले कर्मकान्डी गर्ने काम गरेको छ ।’ सहुलियतका नाममा कम गुणस्तरका सामान विक्रि हुने गरेको उनको भनाई छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीका अनुसार , सहुलियत पसलमा मोटा चामल, प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच, खसीबोका प्रतिकेजीमा १० रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिने व्यबस्था रहेको छ । साथै डिडिसिले प्रतिकिलो घिउमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिने छ ।

यसरी खोलिएका सुपथ पसलमा चिनी प्रतिकेजी ७२ रुपैयाँ, नुन प्रतिकेजी १८ रुपैयाँ, जापानिज चामल प्रतिकेजी ६१, अरुवा जिरा मसिनो चामल, ५०, सोना मन्सुली चामल, ४२, बास्मति चामल, ७३, गोरखनाथ चामल ४८ र इन्डक्सन चुलो चार हजार रुपैयाँ मूल्य राखिएको छ । यस्तै घिउमा प्रतिकेजी ८ सय ५० कायम गरिएको छ । यस्तै कर्णालीको सिमी प्रतिकेजी एक सय २०,फापर ७० रुपैयाँ रहेको छ ।

छठसम्म सन्चालन हुने त्यस्ता पसलहरु जनता नठगिउन भन्नका लागी सरकारले सुपथ पसल सञ्चालन गर्न लागेको हो । गत वर्षदेखि सरकारले सहुलियत पसल सञ्चालन गर्नका लागि बजेट समेत छुट्यादै आएको छ । यो वर्ष सहुलियत पसल सञ्चालन गर्नका लागि ३ करोड २५ लाख रुपैयाँ छुट्याएको मन्त्रालयले जानकारी दिएको छ । खाद्य संस्थानको लागि एक करोड ७५ लाख र साल्ट्र टे«डिङ्ग कर्पोरेशनको लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?