१३ माघ २०७९, शुक्रवार

सरकारले विकासका बारेमा विपीले देखाएको वैकल्पिक बाटो सोच्न आवश्यक छः प्रदीप गिरी

२०७६,भाद्र,२४,मंगलवार १५:११

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले विकासको वैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिडेका साम्यवादी बाटोले पनि नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताउनुभएको हो । स्वर्गीय विपि कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने कुरा बताउदै आएको स्मरण गर्दे उहाँले विपिले देखाएको बाटोमा हिड्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “कुनै पनि विकास कुनै पनि समाजवाद कुनैपनि साम्यवाद मनुश्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ । मनुश्य साध्य हो । मनुश्य साधन होइन । केही हुदैन विकास हुदैछ । दुईचारवटा मान्छे मरे मरुन । दुईचार महिला बलात्कृत भए हुन् । भन्न पाईदैन । प्रत्यक मनुश्य साध्य हो । त्यो विपिको मान्यता छ । ”

विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भईरहेको भन्दै उहाँले अनाहक ऋणको बोझमा पारेर सिंगापुर र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “विपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पिएच डिलाई , डाक्टरलाई , बुद्धिजीवीलाई , विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु ।”
विपीले सधंै ‘चहराईरहेका घाउमा मल्हम लगाउन, गाउमा रहेको वेरोजगारी, अर्धवेरोजारी र गुप्त वेरोजारी सम्बोधन गर्न तथा ठुलाठुला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन ’भन्दै आएको उल्लेख गर्दे उहाँले विकासका बारेमा विपीले देखाएको बैकल्पिक बाटो तर्फ सोच्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति: २०७६,भाद्र,२४,मंगलवार १५:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार संघ र

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६