रोहितको अर्धशतमा नेपालले दियो शानदार लक्ष

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि २८६ रनको लक्ष्य दिएको छ । एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाउनुभयो । त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन तथा कुशल मल्लले २२ रन जोड्नुभयो ।

युएईका आकाश ताहिर र सन्चित शर्माले ३–३ विकेट लिनुभयो ।

आज नेपाल युएईलाई हराउँदै सान्त्वना जित निकाल्ने योजनामा रहेको छ । नेपाल एक जितसहित घर फर्कन चाहन्छ । त्यसका लागि नेपाल तुलनात्मक कमजोर टिम युएईलाई शिकार बनाउने योजनामा हुनेछ ।

तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । युएई पनि सान्त्वना जित निकाल्दै घर फर्कन चाहन्छ ।

समूह ’बी’ मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।

यस समूहबाट आयोजक श्रीलंका र बंगलादेश सेमिफाइनल पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?