नेल आर्ट कसरी गर्ने ? यस्तो छ व्यूटी टिप्स

नारीले हरेक समय र अवस्थामा आफनो सुन्दरता निखार्न कुनै कसर बाँकी राख्दैनन् । त्यसैले हुनसक्छ सुन्दरताको अर्काे नाम नारी भन्ने गरिन्छ । बदलिँदो संसारसँगै फेसन डिजाइनको बजार पनि झन्झन् फराकिलो बन्दैछ । अझ महिलाको सन्दर्भमा त फेसन र डिजाइनिङ कम महत्वको हुने कल्पना पनि गर्न सकिँदैन हरेक अंगलाई नयाँनयाँ डिजाइनमा ढाल्ने नारीहरुमा अहिले नेल आर्टको आर्कषण बढ्दो छ । साधारण तरिकाले नेल पलिस गर्ने नारीहरु पनि अहिले रंगीचंगी नेल पलिसले नङ सजाउन गर्छन् । यसरी नङ पालिसमा रमाउने नारीको संख्या बढदो छ । नबढोस् पनि कसरी र ? पलिसको राम्रो आर्टले साधारण हातलाई पनि सुन्दर देखाउँछ । नङ सुहाँउदो रंगको प्रयोग र मिल्दो बुट्टा भर्ने कामलाई नै नेल आर्ट भनिन्छ । हुन त गोरो छाला र सल्लक्क मिलेको हातले मात्र हातको सुन्दरता पुर्ण हुँदैन, हातको सुन्दरता र शोभा बढाउने काम गरेको हुन्छ सफा र मिलेका नङलाई झन् सुन्दर र आकर्षक पार्ने काम पलिसले गर्दछ । अझ पलिसको कमाल देखाउने काम भने सुहाँउदो र आर्कषक बुट्टाले गर्छ । कसैकसैले नंगलाई श्रृगार गर्ने नाममा जथाभाबी र भद्दा तरिकाले पनि पलिस गर्ने गर्दछन् । यसले नङको सुन्दरता निखार्ने काम गर्नुको सट्टा झन् भद्दा र फोहोरी देखाउने काम गर्दछ । नेल आर्ट गर्दा लगाउने तरिका जानेको भए वा नेल आर्ट गर्न सिपालु भए मात्र गर्नुपर्छ । नत्र भने दक्ष ब्युटिसियनको हातबाट मात्र नेल आर्ट गराउनु पर्छ । नेल आर्ट पनि एउटा कला हो, जुन सिकेर वा जानकारी लिएर मात्र गर्नु आवश्यक हुन्छ कस्तो रंग उचित ?– नेल आर्ट जस्तो पायो त्यस्तो नङ्मा गर्दा राम्रो देखिँदैन । यसका लागि सफा र मिलेको लामो नङको आवश्यकता पर्दछ – सानो नङमा नेल आर्ट गर्नै सकिँदैन भन्ने हुँदैन तर आवश्यकता अनुसार बुट्टा झिक्न नसक्दा नेल आर्ट प्रष्ट नदेखिने र भद्दा हुने हुँदा आकर्षक पार्न सकिदैन – विशेषतः नेल आर्ट गर्दा रङहरुको संयोजन मिल्नु एकदमै जरुरी हुन्छ । रङलाई मिसाएर आर्ट गरिने भएकाले बिभिन्न रङको म्याचिङमा विशेष ध्यान दिनुपर्छ । किनभने बुट्टालाई खुलाउन र थप आर्कषक देखाउन रङले महत्वपूर्ण भूमिका खेलेको हुन्छ – नारीले कस्तो रङ छनौट र प्रयोग गर्ने भन्नेबारे पनि जानकारी राख्नुपर्छ । जस्तै : रातोलाई सौभाग्यको प्रतीक मानिन्छ । त्यसैले विवाहिता नारीको लागि रातो रङमा मिल्दो कुनैपनि रंगले आर्ट गर्न सकिन्छ । त्यस्तै अविवाहित नारीका लागि विशेष कालो र सेतो तथा वैजनीमा मिल्दो, आकाशे निलोमा मिल्दो कुनै पनि रंगले आर्ट गर्न सकिन्छ – राम्रो तथा आर्कषक ढंगबाट नेल आर्ट गर्न कम्तिमा १५ देखि २० मिनेट लाग्ने गर्दछ । लगाएको केही समय सुकाउनु अनिवार्य हुन्छ । अन्यथा – लत्पतिने सम्भावना हुन्छ आवश्यक सामग्री– नेलपलिस– बेसकोट– टपकोट– कलर र बिभिन्न ब्रसनेल आर्ट कसरी गर्ने ?सर्वप्रथम त नङमा बेसकोट लगाउनु पर्ने हुन्छ । त्यसपछि आफनो पोशाक अनुसार आफूलाई सुहाउँदो नेलपलिस लगाउने अर्थात् आर्ट गर्ने । नेलपलिस राम्ररी सुकि सकेपछि त्यसको माथिबाट नङलाई आकर्षक बनाउनकालागि ग्लिटर, स्टोनजस्ता सामाग्री लगाउन सकिन्छ । जसले नङलाई थप आर्कषक पार्न मद्दत पु¥याउँछ पलिस छनौट र अपनाउनु पर्ने सावधानी– नेलपलिस स्वास्थ्यका लागि आफैँमा हानिकारक भए पनि केही सावधानी अपनाएर प्रयोग गरेमा यसको असरबाट बँच्न सकिन्छ । नेलपलिसको गुणस्तर कस्तो प्रकारको छ र त्यसबाट के कस्तो असर पर्नसक्छ भन्ने कुरामा होसियार रहनुपर्दछ । कमसल र कडा केमिकलयुक्त नेलपलिस प्रयोग गर्नु हुँदैन – कसैकसैले पलिस लगाउँदा छालासम्म पर्ने गरी लगाउने गर्छन् । यसले छालामा प्रत्यक्ष असर पुगिरहेको हुन्छ । त्यसैले यो कुरामा पनि विशेष विचार पु¥याउनु पर्छ – नेल आर्ट गरि सकेपछि त्यसलाई धेरै दिन या लामो समयसम्म नङमा राखिरहने गरेको पनि पाइन्छ । तर यस्तो गनु हुँदैन । लामो समयसम्म नङमा पलिस राख्दा नङ सुन्निने, फुल्ने, कालो हुने जस्ता समस्या आउन सक्छ । नङमा पलिस लगाएको भोलिपल्ट नै नेल रिमुभरले सफा गर्नुपर्छ । यसो गर्दा कुनै साइड इफेक्ट हुँदैन कसैकसैलाई नेलपलिसले पोल्ने, एलर्जी हुने, नङ सुन्निनेजस्ता समस्या हुन सक्छ । त्यस्तो समस्या भएकाहरुले नेल आर्ट तथा नेल पेन्ट नगर्दा नै बेस हुन्छ । नेलआर्ट तथा पेन्ट गर्न इच्छुक नै भए दक्ष ब्युटिसियनको परामर्श लिएर गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?