सावित्राको गोलमा ताजिकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले निर्णायक गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सावित्राले निर्णायक गोल गर्नुभयो । सावित्राले खेलको ८५ औं मिनेटमा गोल गर्नुभएको थियो ।

कप्तान निरु थापाबिना मैदान उत्रिएको नेपालले पहिलो हाफमा पाएको मौका सदुपयोग गर्न सकेको थिएन् ।


जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । र, नेपाल शीर्ष दुईमा रहदै फाइनल पुगेको छ । नेपालले पहिलो खेलमा आयोजक किर्गीस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो ।

अब नेपालले बिहिबार हुने फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ । उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ ।

घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा नेपालले यस प्रतियोगिता खेलेको हो । १३ औं साग मंसिर १५ बाट २४ सम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?