विदेशी अपराधीलाई कानुनी दायरामा आउन मन छ भने नेपाल आए हुन्छः सर्वेन्द्र खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले अपराध नियन्त्रण गर्न र अपराधी पक्राउ गर्न नेपाल प्रहरी सक्षम भएको दाबी गर्नुभएको छ । मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं, महानरीय प्रहरी अपराध महाशाखा र नेपाल पुलिस क्बलको भवन निमार्णको शिलान्यास गर्दै उहाँले प्रहरीले नेपाललाई अपराधको क्रिडास्थल बन्न नदिने स्पष्ट पार्नुभयो ।

भवन निर्माण शिलान्यास सम्पन्न भएपछिको कार्यक्रमलाई सम्बोधन गर्दै आइजी खनालले विदेशी नागरिकले अपराध गरेर नेपालमा लुक्न सक्छु भन्ने भ्रम हटाउन स्पष्ट पार्नुभयो ।

केही दिन अघिमात्रै अमेरिकका मोस्ट वान्टेड बाल यौन दुराचारी नाथन माकोब्स्की र चिनियाँ ह्याकरहरु नेपालमा पक्राउ परेका घटनालाई लक्षित गर्दै आइजी खनालले भन्नुभयो, ‘कानुनी दायरामा आउन मन छ भने नेपाल आए हुन्छ ।’

त्यस्तै, समुदाय प्रहरी साझेदारी कार्यक्रमार्फत पनि प्रहरीले राम्रो काम गर्दै आएको आइजी खनालको भनाइ छ । यो कार्यक्रम लागू भएपछि मात्रै ३५ सयभन्दा बढी सिसी क्यामेरा जडान भएको, स्थानीय तहहरुसँग समन्वय भएको, साझेदारी कार्यक्रममार्फत नै अपराध नियन्त्रणमा उल्लेखनीय काम भएको आइजी खनालले जानकारी दिनुभयो ।

सर्वेन्द्र खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?