टिक्ला त नेपालमा सन्नी लियोनीको जवानी ?

काठमाडौं । फिल्म ‘पासवर्ड’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रचारमा सन्नी लियोनीको विषयबस्तु अगाडि सारेको छ ।

‘पासवर्ड’मा सन्नी, सन्नीको आइटम रहेको छ भने यसैलाई निर्माण युनिटले फिल्मको प्रचार माध्यम बनाएको छ ।

अश्लिल फिल्मबाट बलिउड भित्रिएकी सन्नीको आइटम रहेको यो पहिलो नेपाली फिल्म हो । त्यसैले पनि अहिले यसको चर्चा छ । फिल्मको आइटम गीतमा उनले बोल्ड ठुम्का लगाएकी छन् ।
पछिल्लो समय नेपाली फिल्मको व्यवसाय जम्न सकेको छैन ।

कुनै पनि नेपाली फिल्मले लगानी उठाउन सकिरहेको छैनन् । सन्नीको कारणले ‘पासवर्ड’ले राम्रो व्यवसाय गर्ने निर्माण युनिटको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?