होटलमै पुगेर भेटे देउवाले चिनियाँ विदेशमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

होटलमै पुगेर देउवाले यी लाई भेटवार्ता गरेका थिए ।

भेटमा नेपाल-चीन सम्बन्ध, विकास साझेदारी र चीनको आर्थिक सहयोगमा सञ्चालित नेपाली परियोजनालगायतका विषयमा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?