‘इएसपीवाई वर्ष खेलाडी’ अवार्ड मेस्सीको पोल्टामा

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर अवार्ड हात पारेका छन् ।

समर्थकहरुको सर्वाधिक मत ल्याउदै मेस्सीले स्पोर्ट्स अनलाइन इएसपीएनले प्रदान गर्ने अवार्ड जितेका हुन् ।

मेस्सी सन् २०१९ को सर्बोकृष्ट पुरुष फुटबल खेलाडी घोषित भएका थिए । स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले अवार्ड जित्ने क्रममा क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भिर्गिल भान डाइकलाई पछि पारे ।

मेस्सीले गत सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि कुल ५८ खेलमा ५४ गोल र १२ असिस्ट गरेका थिए ।

मेस्सीले हालै युईएफए वर्ष फरवार्डको अवार्ड समेत जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?