कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पूर्व सांसद पक्राउ

काठमाडौ । कलेजमा पढ्ने युवतीलाई दुर्व्यवहार  गरेको आरोपमा एक जना पूर्व सांसद पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले २०७० को संविधानसभा निर्वाचनबाट निर्वाचित भएका योगेन्द्र घिसिङलाई नियन्त्रणमा लिएको हो । सार्वजनिक सवारीमा एक जना युवतीलाई दुव्र्यवहार गरेको अभियोगमा सभासद घिसिङलाई नियन्त्रणमा लिएको परिसरकी एसपी दुर्गा सिंहले जानकारी दिनुभयो ।

सोमबार दिउँसो घिसिङले सार्वजनिक सवारीमा नै दुव्र्यवहार गरेपछि बसमा सवार यात्रुले प्रहरीलाई खबर गरेका थिए ।

तत्कालीन माओवादी केन्द्रको तर्फबाट समानुपतिक सांसद बनेका घिसिङलाई पार्टीले साधारण सदस्यमा समेत नरहने गरी निस्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?