चाडपर्वलाई लक्षित गर्दै महिन्द्राले ल्यायो यस्तो योजना

काठमाण्डौं । चाडपर्वलाई लक्षित गर्दै विभिन्न कम्पनीहरुले सामान खरिदमा बम्पर उपहारहरु दिँदै आएका छन । यस वर्ष दशैं तिहार नजिकिएसँगै महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले “महिन्द्रासँग सबै दङ्दास” योजना ल्याएको छ ।

यस योजना अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तुरुन्तै १० हजार नगद छुट हुने साथै लक्की ड्रबाट होम अप्लाइन्सहरु पनि उपभोक्ताले जित्न सकिने कम्पनीले जनाएको छ ।

नेपालभित्र रहेका जुनसुकै आधिकारिक विक्रेता मार्फत खरिद गर्दा छुट प्राप्त गर्न सकिने छ । नेपाली बजारमा महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा मोटरसाईकलहरु खरिदबिक्री हुँदै आएका छन् ।

साथै चाडपर्वमा ल्याईने यस्ता योजनाले उपभोक्ताहरुमा खुसीयाली एवम उमंग थप्ने कम्पनीको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?