डेंगुको उपचारपछि डिस्चार्ज भए कृषि मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल सोमवार अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । डेंगुको संक्रमण देखिएपछि टोखास्थित ग्रान्डी अस्पतालमा ५ दिन उपचार गरी मन्त्री खनाल आज डिस्चार्ज हुुनुभएको हो ।

सामान्य ज्वरो आएपछि मन्त्री खनाल भदौ १८ गते पुल्चोकस्थित निदान अस्पतालमा जाँच गराउन पुग्नुभएको थियो । त्यहाँ रगत जाँच गर्ने क्रममा डेंगुको संक्रमण देखिएकाले सोही दिन साँझै ग्रान्डी अस्पतालमा भर्ना हुनुर्भएको थियो । ग्रान्डी अस्पतालमा उहाँलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीका अनुसार उहाँ आज दिउँसो १ बजे डिस्चार्ज हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?